तलब नबढेपनि सरकारी कर्मचारीको महँगी भत्ता ५ हजार पुग्यो

काठमाडौं, १५ बैशाख ।सरकारले तलब नबढाए पनि सरकारी कर्मचारीको महँगी भत्ता ३ हजारले वृद्धि गरी मासिक ५ हजार पुर्याएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत अभावका कारण तलब बढाउन नसकेको बताए। तीन वर्षपछि तलब बढ्ने अपेक्षा थियो, तर हाललाई महँगी भत्तामात्रै वृद्धि गरिएको हो।