शिक्षा बजेटमा ‘कमाउँदै–पढ्दै’ कार्यक्रम प्राथमिकता, प्राविधिक तालिम र इन्टर्नशिपको व्यवस्था
काठमाडौं, १५ बैशाख । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि विद्यार्थीलाई लक्षित गर्दै ‘कमाउँदै–पढ्दै’ कार्यक्रमलाई प्राथमिकता दिने भएको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीले हप्तामा २० घण्टा काम गर्न पाउनेछन् र न्यूनतम ज्याला सुनिश्चित गरिनेछ।
संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उद्यमशीलता प्रवर्द्धन गर्न प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिइने बताए। प्राविधिक शिक्षा परिषद्बाट २६ हजार ९ सय युवालाई छ महिनाभन्दा बढीको तालिम दिइनेछ भने प्रत्येक प्रदेशमा एक नमूना प्राविधिक शिक्षालयको विकास गरिनेछ। साथै, सेवाको प्रकृतिअनुसार सार्वजनिक निकायमा इन्टर्नशिपको व्यवस्था गरिनेछ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि कुल २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.