युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन

बिहिबार, १५ जेठ २०८२, ४:५० PM
post-image

काठमाडौं, १५ बैशाख । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अघिल्लो वर्षको तुलनामा यो २ करोड ५८ लाखले बढी हो।

अर्थमन्त्री विष्णु पौडेलले खेल पूर्वाधार निर्माण, खेलाडीको व्यावसायिकता विकास, र निजी क्षेत्रको लगानी आकर्षणमा जोड दिँदै दमकमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला तथा सोलुखुम्बु र मुस्ताङमा हाइ अल्टिट्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिने जानकारी दिए।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड, अन्य रंगशालाहरूका लागि ४२ करोड, र गौतम बुद्ध क्रिकेट रंगशालाको सम्पत्ति खरिदका लागि सशर्त अनुदानको व्यवस्था गरिएको छ। साथै, सुर्खेतमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्न ५४ करोड बजेट छुट्याइएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}