हत्या आरोपमा जन्मकैद पाएका आलमलाई उच्च अदालतले दियो सफाइ

बुधबार, १४ जेठ २०८२, ६:९ PM
post-image

पूर्वसांसद मोहम्मद आफताब आलमले बम विस्फोट गराई व्यक्ति हत्या गरेको आरोपबाट सफाइ पाएका छन्। यसअघि रौतहट जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। तर, उच्च अदालत वीरगञ्ज इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई निर्दोष साबित गरेको हो।

यो घटना २०६४ चैत २७ गते, संविधान सभा निर्वाचनको अघिल्लो रात रौतहटको राजपुरस्थित इँटा भट्टामा व्यक्ति हत्या गरेको आरोपसँग सम्बन्धित छ। घटना भएको १२ वर्षपछि २०७६ असोज १९ गते रौतहट प्रहरीले आलमलाई पक्राउ गरेको थियो।

आलममाथि उनका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा घाइते भएका त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहितका व्यक्तिहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लागेको थियो। अनुसन्धानका क्रममा आलमले नै बनाउन लगाएको बम विस्फोटमा परी घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने डरले जिउँदै इँटाभट्टामा जलाएर मारिएको देखिएको थियो। यद्यपि, त्यतिबेला प्रहरीले घटनास्थलमा कुनै विस्फोट नभएको भन्दै मुचुल्का बनाएको थियो। साथै, प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय र पुनरावेदन सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने राय दिएका थिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}