गृह मन्त्री माथी छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने

भिजिट भिषा प्रकरणमा स्वतन्त्र आयोग गठन गर्नु पर्ने माग अघि आएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १३ जेठ २०८२, १:४४ PM
फन्ट
गृह मन्त्री माथी छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने

काठमाडौं, १३ । भिजिट भिषा प्रकरणमा स्वतन्त्र आयोग गठन गर्नु पर्ने माग अघि आएको छ।

प्रतिनिधिसभाका बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र आयोग गठन गरेर गृह मन्त्री रमेश लेखकको राजिनामा मागसमेत गरेका छन् ।

रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका हुन् ।  ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न उसलाई सरुवा गर्ने ? अनुसन्धान कर्मचारीमात्रै नभई गृहमन्त्रीको पनि गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले प्रहरीबाट हुने अनुसन्धानमा हामीलाई शंका छ । विगतमा नक्कली भुटानी शरणार्थी प्रकरण दबाइयो, रवि लामिछानेलाई तीन महिनामा हिरासतमा राखियो तर सत्ता पक्षका सांसदलाई बोलाएर चिया खुवाइयो, अनि हामीले कसरी विश्वास गर्ने छानबिन निष्पक्ष हुन्छ भनेर ? त्यसैले निष्पक्ष छानबिन समिति बनाउनु पर्छ ।’

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.