७ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, १२ जेठ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य यथावत् रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९१ हजार १ सय रुपैयाँमा झरेको छ।
अघिल्लो दिन आइतबार भने सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। आइतबार प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.