डा. विश्वनाथ पौडेलको गभर्नर नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति असंवैधानिक र अयोग्य ठहर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, ९ जेठ २०८२, ४:४३ PM
फन्ट
डा. विश्वनाथ पौडेलको गभर्नर नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, ९ जेठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा उजुरी परेको छ। अधिवक्ता अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न योग्य नभएको र नियमविपरीत नियुक्त गरिएको भन्दै रिट दायर गरेका हुन्।

उनीहरूका अनुसार, उक्त निर्णय सरकारले प्रक्रिया मिच्दै गरेको छ र नियुक्ति खारेज हुनुपर्छ भन्ने मागसहित रिट पेश गरिएको हो।

साथै, सरकारले जेठ ६ गते गरेको नियुक्ति बदर गर्न माग गरिएको छ। रिट निवेदनमा सरकार र छनोट समितिलाई विपक्षी बनाइएको छ।

डा. पौडेललाई केही दिनअघि मात्रै सरकारले राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो। उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत हुन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.