डीआईजी बढुवामा विवाद : रेग्मीविरुद्ध गृहमा युवराज सफलको उजुरी

नेपाल प्रहरीमा हिजाे साँझ भएको डीआईजी पदको बढुवालाई लिएर विवाद मचिएकाे छ ।

Artha Kendra Artha Kendra
बुधबार, ७ जेठ २०८२, ४:३९ PM
फन्ट
डीआईजी बढुवामा विवाद : रेग्मीविरुद्ध गृहमा युवराज सफलको उजुरी

काठमाडौं, ७ जेठ। नेपाल प्रहरीमा हिजाे साँझ भएको डीआईजी पदको बढुवालाई लिएर विवाद मचिएकाे छ ।

बढुवा समितिद्वारा सिफारिस गरिएको ११ जनाको सूचीप्रति गम्भीर आपत्ति जनाउँदै युवराज सफलले सूचीमा परेका एसएसपी दिपक रेग्मीको बढुवा निर्णय खारेज गर्न माग गरेका छन् । 

उनले रेग्मीको बढुवा निर्णय खारेजीको माग गर्दै आज बुधबार गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

सफलले डीआईजी बढुवाको सूची नं. ४ मा परेका रेग्मीले आफ्नो कार्यकालमा अनैतिक र अमर्यादित गतिविधि गरेको आरोप लगाएका छन् ।

उजुरीमा उल्लेख गरिएको दाबी अनुसार, बागलुङ प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा रेग्मीले अर्काको श्रीमतीसंग अनैतिक सम्बन्ध राखी, ती महिलाको मिलेमतोमा निर्दोष व्यक्तिमाथि झुटो वैवाहिक बलात्कारको मुद्दा लगाएको आरोप छ ।

त्यस्ता चरित्रहिन, अनुशासनहिन र नैतिकताविहीन व्यक्तिलाई डिआइजी पदमा बढुवा गर्नु भनेको विधिको शासनमाथिको अपमान हो,” सफलले भनेका छन्। 

उनका अनुसार पीडित भनिएका दिपक थापा र उनकी आमालाई समेत झुटा आर्थिक कागजपत्रमा फसाउने प्रयास गरिएको थियो ।

सफलले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत सम्बन्धित निकायहरूमा यसअघि नै उजुरी दिइसकेको र हाल छानबिनको प्रक्रिया जारी रहेको दाबी गरेका छन्। “छानबिन नसकिँदै विवादित व्यक्तिलाई डीआईजी सिफारिस गर्नु नाजायज छ,” उनी भन्छन्।

सफलले यदि रेग्मीको बढुवा निर्णय खारेज नगरिए कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.