आज ५ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बुधबार, ७ जेठ २०८२, १०:१० AM
post-image

काठमाडौं, ७ जेठ । सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ । 

जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुने जानकारी दिएको थियो ।

साथै, आज फेरी चाँदीको मूल्यमा पनि थोरै बृद्दी भएको छ । आज  तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँमा कारोबार हुनेछ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}