विश्व पौडेलको बिरूद्दको सुनवाई सकियो, केही बेरमा आदेश आउँदै

विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्ने विरूद्धको निवेदनमाथि सुनवाई सकिएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, ६ जेठ २०८२, ४:२९ PM
फन्ट
विश्व पौडेलको बिरूद्दको सुनवाई सकियो, केही बेरमा आदेश आउँदै

काठमाडौं, ६ जेठ । विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्ने विरूद्धको निवेदनमाथि सुनवाई सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पौडेल बिरूद्दको सुनुवाई सकिएको हो ।

अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरिदिएको थियो ।

उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने भन्दै रिट दायर गरेका हुन् ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.