हिजो घटेको सुनको मूल्य आज बढ्यो

सोमबार, ५ जेठ २०८२, ११:१२ AM
post-image

काठमाडौं, ५ जेठ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँमा पुगेको छ।

हिजो (आइतबार) सुनको मूल्य ६ सय रुपैयाँले घटेर १ लाख ८४ हजार २०० रुपैयाँमा झरेको थियो।  वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको भाउ घट्दो क्रममा रहेको छ।

यसैबीच, चाँदीको मूल्य भने दुई दिनदेखि स्थिर छ। आइतबारको मूल्य कायम राख्दै आज पनि चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमै किनबेच भइरहेको छ।

सुनचाँदीको मूल्यमा यस्ता उतारचढाव देखिँदा लगानीकर्ता र व्यवसायी दुवै सतर्क देखिएका छन्। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव, माग आपूर्तिको अवस्था र डलरको भाउजस्ता कारणहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव आउने गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}