हेराफेरीः३ मा अब परेश रावल नहुने
मुम्बई, ४ बैशाख । अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको सुपरहिट कमेडी फ्रेन्चाइज ‘हेराफेरीः३’को बारेमा अचम्मको खबर आएको छ।
यस फिल्ममा बाबुराव गणपतराव आप्टेको भूमिकामा रहेका परेश रावलको भूमिकालाई उनका फ्यानहरुले निकै रुचाएका थिए, सदैव उनको सो भुमिका लोकप्रियसमेत रहेको छ।
सो फिल्मको बारेमा निर्देशक प्रियदर्शनले जनवरी २०२५ मा यसको तेस्रो सिक्वेलको आधिकारिक रूपमा सुरु भएको पुष्टि गरेका थिए। त्यसपछि तीनै मुख्य कलाकार तेस्रो भागमा पनि फर्किने कुरा थाहा पाएपछि फ्यानहरूको उत्साह झनै बढ्यो अर्थात् अक्षय कुमार, परेश रावल र सुनिल शेट्टी ।
तर, अहिले परेश रावल आफैंले बलिउड हंगामालाई पुष्टि गरेका छन् कि उनी अब हेरीफेरीः ३ मा देखिने छैनन्। फिल्मबाट बाहिरिएको प्रश्नमा उनले भने, ‘हो, यो सत्य हो ।’ चलचित्र समीक्षक सुमित कँडेलले पनि सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिँदै रचनात्मक भिन्नताका कारण परेश रावलले चलचित्रबाट टाढिएको उल्लेख गरेका छन् ।
आफ्नो स्रोतलाई उद्धृत गर्दै बलिउड हंगामाले अगाडी लेखेको छ, ‘एक समय थियो जब अक्षय कुमार २०२२ मा फिल्मबाट बाहिर थिए, अक्षय फिल्मको जीवन हो, त्यसैले यो खबरले फ्यानहरूको मन दुख्यो तर धन्यबाद उहाँ फेरि फर्कनु भयो। यो कुरालाई ध्यानमा राखेर परेश रावलले पनि चलचित्रमा पुनरागमन गर्ने अपेक्षा गरेका थियौं, अब सम्भव नहोला जस्तो लागेको छ।’
हेराफेरी श्रृंखला
कल्ट कमेडी हेराफेरी सिरिजको पहिलो भाग सन् २००० मा र दोस्रो सन् २००६ मा रिलिज भएको थियो । यो फिल्मको हरेक पात्रलाई दर्शकले अझै पनि याद गरिरहेका छन, चाहे त्यो राजु होस् वा बाबुराव गणपतराव आप्टे। सबैभन्दा महत्त्वपूर्ण कुरा त यो पनि हो कि इन्टरनेट संसारमा धेरै जसो मीमहरू यस फिल्मका क्यारेक्टरबाट बनाइएका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.