सुनको मूल्यमा फेरि भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

मंगलबार, ३० बैशाख २०८२, ११:३ AM
post-image

काठमाडौं, ३० बैशाख । नेपाली बजारमा सुनको मूल्य लगातार घट्दो क्रममा छ। आज मंगलबार छापावाल सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ८४ हजार ८०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार यसको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबारदेखि सुनको मूल्य लगातार घट्दै आएको छ। हिजो मात्रै सुनको भाउमा ३ हजार ७ सय रुपैयाँको गिरावट आएको थियो भने आइतबार ३ सय रुपैयाँ र शुक्रबार १ हजार ४ सय रुपैयाँले घटेको थियो।

यता, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य १ हजार ९ सय ६० रुपैयाँ थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}