सुनको मूल्यमा फेरि भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं, ३० बैशाख । नेपाली बजारमा सुनको मूल्य लगातार घट्दो क्रममा छ। आज मंगलबार छापावाल सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ८४ हजार ८०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार यसको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबारदेखि सुनको मूल्य लगातार घट्दै आएको छ। हिजो मात्रै सुनको भाउमा ३ हजार ७ सय रुपैयाँको गिरावट आएको थियो भने आइतबार ३ सय रुपैयाँ र शुक्रबार १ हजार ४ सय रुपैयाँले घटेको थियो।
यता, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य १ हजार ९ सय ६० रुपैयाँ थियो।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.