ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

हमासले गाजामा बन्धक बनाएका अमेरिकी नागरिक इडान अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ ।

Artha Kendra Artha Kendra
सोमबार, २९ बैशाख २०८२, ५:५३ PM
फन्ट
ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

काठमाडौं, २९ बैशाख ।  हमासले गाजामा बन्धक बनाएका अमेरिकी नागरिक इडान अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ ।

हमासले छिट्टै अमेरिकी–इजरायली नागरिक इडान अलेक्ज्याण्डरलाई रिहा गर्ने आशाका साथ मानिसहरू उनलाई पर्खिरहेका छन, जो गाजामा रहेका अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको मङ्गलबार मध्यपूर्वको भ्रमण हुनु अघि २१ वर्षीय युवकको रिहाइ हुन लागेको हो ।

तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रिहाइले गाजा पट्टीमा युद्धविराम वा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न नमिल्ने प्रतिक्रिया दिएका छन ।

खासमा इडान अलेक्ज्याण्डर २१ वर्षीय दोहोरो नागरिकता भएका इजरायली–अमेरिकी हुन्, जो गाजामा अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ।

तेल अवीवमा जन्मेका तर न्यूजर्सीमा हुर्केका अलेक्जेन्डर गाजाको सिमानामा एलिट इन्फन्ट्रीमा सेवा गरिरहेका थिए, जब उनी हमासले ७ अक्टोबर २०२३ मा आक्रमण गर्दा कब्जा गरिएको थियो ।

उनी घर फर्कन सक्ने कुरा सुनेर उनका परिवारले कल्पनायोग्य सबैभन्दा ठूलो उपहार पाएको प्रतिक्रिया दिएको छ ।

‘हामी आशा गर्छौं कि हाम्रो छोराको रिहाईसँगै सबै बाँकी ५८ बन्धकहरूका लागि वार्तालाप सुरु गर्नेछ, उनीहरू र उनीहरूका परिवारहरूको लागि यो दुःस्वप्न समाप्त हुनेछ,’ उनका परिवारका एक सदस्यले बिबिसीसँग भने ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.