सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ३७०० रुपैयाँले घट्यो
काठमाडौं, २९ बैशाख । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ रहेको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ।
सुनचाँदीको मूल्यमा आएको यस्तो गिरावट पछिल्लो समयको उल्लेखनीय परिवर्तनको रूपमा हेरिएको छ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.