सुनको मूल्यमा तीव्र वृद्धि, आज फेरि ६०० रुपैयाँले महँगियो

बिहीबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २५ बैशाख २०८२, ११:१५ AM
फन्ट
 सुनको मूल्यमा तीव्र वृद्धि, आज फेरि ६०० रुपैयाँले महँगियो

काठमाडौं, २५ बैशाख । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ९२ हजार २०० रुपैयाँमा पुगेको छ। बुधबार यसको मूल्य १ लाख ९१ हजार ६०० रुपैयाँ थियो।

गत आइतबारदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य पाँच दिनमै ८ हजार ७ सय रुपैयाँले बढेको छ। विगतका दिनहरूमा सुनको भाउ क्रमशः आइतबार ६००, सोमबार ५००, मंगलबार ५३०० र बुधबार १७०० रुपैयाँले बढेको थियो।

यता चाँदीको मूल्य भने घट्दो क्रममा देखिएको छ। बिहीबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबार १ हजार ९६५ रुपैयाँ थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.