घट्यो पेट्रोलियम पदार्थको मूल्य

बुधबार, १७ बैशाख २०८२, ११:१ PM
post-image

काठमाडौं, १८ बैशाख । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ र आन्तरिक हवाइ इन्धनमा ४ रुपैयाँले मूल्य घटाइएको छ।

अन्तर्राष्ट्रिय हवाइ इन्धन काठमाडौँका लागि २९ अमेरिकी डलरले सस्तो भएको छ भने पोखरा र भैरहवामा ब्रेक इभेन प्वाइन्टमा बिक्री मूल्य तय गरिएको छ।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य घटेपछि नेपालमा पनि मूल्य समायोजन गरिएको हो। एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}