घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १८ बैशाख । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ र आन्तरिक हवाइ इन्धनमा ४ रुपैयाँले मूल्य घटाइएको छ।
अन्तर्राष्ट्रिय हवाइ इन्धन काठमाडौँका लागि २९ अमेरिकी डलरले सस्तो भएको छ भने पोखरा र भैरहवामा ब्रेक इभेन प्वाइन्टमा बिक्री मूल्य तय गरिएको छ।
इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य घटेपछि नेपालमा पनि मूल्य समायोजन गरिएको हो। एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको छ।