रेशम चौधरी केही बेरमा नै छुटने
काठमाडौं, १८ बैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केही बेरमा थुनामुक्त हुदैँछन् ।
डिल्लीबजार कारागारका प्रमुख बाबुराम अर्यालले प्रक्रिया पूरा गरी आजै चौधरीलाई थुनामुक्त गरिने बताएका छन् ।
सर्वोच्च अदालतले पनि चौधरी पक्राउ गर्ने पत्र आधिकारिक नभएको बताइसकेको छ, जसको जानकारी सार्बजनिक रूपमा गर्दै डिल्लीबजार कारागारलाइ पत्रसमेत पठाइसकेको छ।
‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ,’ प्रहरी महानिरीक्षकलाई बोधार्थ दिएको पत्रमा भनिएको छ ।
चौधरीलाई पक्रन पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रणमा छन् । विष्टलाई सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.