अन्तरिक्ष इन्टरनेटमा मस्कसँग टक्कर दिदैँ अमेजन, ३२०० भु उपग्रह राख्दैँ
वासिङ्टन, १७ बैशाख । एलन मस्कको स्पेक्स एक्सलाई टक्कर दिदैँ जेफ बेजोस नेतृत्वको अमेजनको इन्टरनेट स्याटेलाइट पृथ्वीको कक्षवाट अन्तरिक्षमा गएको छ ।
जसले अहिले तहल्का मच्चाएको छ । जसअनुसार अमेजनको पहिलो समूह भु उपग्रह सोमबार अन्तरिक्षको कक्षामा प्रवेश गरे पछि अहिले हलचल मच्चिएको छ। अमेजन अन्तरिक्ष सम्बन्धी बजारमा नयाँ नाम हो ।
तर, अन्तरिक्षमा सोही परियोजनाका लागि ‘स्पेसएक्स’ का हजारौं ‘स्टारलिङ्क’ हरू घुमिरहेका छन् ।
युनाइटेड लन्च एलायन्सको एटलस वी रकेटले अमेजनको ‘प्रोजेक्ट कुइपर’ उपग्रह मध्ये २७ वटा अन्तरिक्षमा पुर्याइ सकेको छ। अन्तरिक्षको कक्षामा प्रक्षेपण गरेपछि उपग्रहहरू अन्ततः लगभग ६३० किलोमिटरको उचाइमा पुगेर बस्नेछन् । एटलस वी आफैंले पनि सन २०२३ मा दुईवटा परीक्षण उपग्रह प्रक्षेपण गरेको थियो।
पछिल्लो संस्करणमा ठूला परिवर्तनहरु गरिएको आयोजना अधिकारीहरुले बताएका छन् । नवीनतम उपग्रहहरू खगोलविद्हरूको सुविधाको लागि सूर्यबाट परावर्तित प्रकाश छिराउन डिजाइन गरिएको ‘मिरर फिल्म’ सँग फिट गरिएका छन् ।
‘स्टारगेजर’ हरू भने अन्तरिक्षको कक्षमा उपग्रहहरूको द्रुत रूपमा बढ्दो संख्याको विरोध गरिरहेका छन । तिनीहरू तर्क गरिरहेका छन कि यी उपग्रहहरूले अवलोकनहरू बिगार्छन् र त्यहाँ उपग्रह टक्कर हुने सम्भावनाको ठूलो डर छ।
जेफ बेजोसद्वारा स्थापना गरिएको अमेजनले विश्वभर छिटो किफायती ब्रोडब्यान्ड सेवा प्रदान गर्न कम्तिमा ३ हजार २०० भन्दा बढी उपग्रहहरूलाई कक्षमा राख्ने लक्ष्य राखेको छ। यद्दपी, बेजोस अहिले आफ्नै रकेट कम्पनी ‘ब्लु ओरिजिन’ सञ्चालन गरिरहेका छन्।
उता, एलन मस्कको ‘स्पेसएक्स’ ले सन् २०१९ देखि अहिलेसम्म ८,००० भन्दा बढी ‘स्टारलिङ्क’ लन्च गरिसकेको छ। कम्पनीले गत आइतबार राति पनि आफ्नो २५० औँ स्टारलिङ्क सार्वजनिक गरेको थियो । समाचार अनुसार मस्कले ७००० भन्दा बढी स्टार लिंक अझै पनि पृथ्वी माथि लगभग ५५० किलोमिटर कक्षामा राखिरहेका छन् ।
तर, अमेजनले भने उनको भन्दा एक सय किलोमिटर माथी राखेको हो। उनले चाँडै ३२ सयवटा भु उपग्रह अन्तरिक्षमा राख्नेछन् । जसले विश्वलाई इन्टरनेट सुबिधा थप सहज बनाउने विश्वास गरिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.