सुनको भाउ ५ सयले बढयो

मंगलबार, १६ बैशाख २०८२, १०:६ AM
post-image

काठमाडौं, १६ बैशाख । सुनको मुल्यमा सामान्य बृद्दी भएको छ ।

साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्यमा ५ सय रूपैयाँले सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । हिजो तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार हुनेछ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}