७ हजार बढीले घटयो सुनको मुल्य

बुधबार, १० बैशाख २०८२, ११:१२ AM
post-image

काठमाडौं, १० बैशाख । सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ । 

जसअनुसार नेपाली बजारमा सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। 

मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}