शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
काठमाडौं, ८ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो पदबाट राजीनामा दिएकी छन्। अपराह्न करिब ५ बजे प्रधानमन्त्रीसँगको भेटपछि उनले राजीनामा बुझाएकी हुन्।
राजीनामाको समय र परिस्थिति विशेष अर्थपूर्ण देखिएको छ। हाल काठमाडौं केन्द्रित शिक्षक आन्दोलन उत्कर्षमा पुगेको छ। नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरू लगातार सडकमा उत्रिरहेका छन्। विद्यालय शिक्षा ऐन तत्काल ल्याउनुपर्ने माग राख्दै आन्दोलन चर्किएको छ।
शिक्षक आन्दोलनको दबाबबीच शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन्। महासंघसँग बारम्बार संवाद भए पनि ठोस सहमति नजुट्दा उनको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो।
आजै केहीबेरपछि मन्त्रिपरिषद्को बैठक बस्दैछ। सम्भवतः सोही बैठकबाट मन्त्री भट्टराईको राजीनामा स्वीकृत गरिने अपेक्षा गरिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.