गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा

सोमबार, ८ बैशाख २०८२, ४:२४ PM
post-image

काठमाडौं, ८ बैशाख । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पूरक निवेदन हेर्न नभ्याइने भएको छ । 

सर्वोच्च अदालतमा आइतबार पनि निवेदन हेर्न नभ्याइनेमा परेको सो निवेदनमा आज पनि सुनवाइ हुन सकेन ।

गभर्नर नियुक्तिका लागि उमेरहद संशोधन कार्यान्वयन नगर्न परेको रिट र भट्टलाई गर्भनरमा नियुक्त नगर्न परेको निवेदन माथि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

तर, अन्तिममा हेर्न नभ्याइनेमा परेको हो ।

सोमबार १३औं नम्बरमा परेका ती रिट र निवेदन आइतबार भने न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा ४० औँ नम्बरमा राखिएका थियो ।

उक्त संशोधनविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले चैत ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरुले नै गत शुक्रबार गर्भनरमा भट्टलाई नियुक्ति नगर्न मागहित  पूरक निवेदन दिएका हुन् ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}