राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा

शुक्रबार, ५ बैशाख २०८२, २:४७ PM
post-image

काठमाडौं, ५ बैशाख ।  गभर्नर बन्ने उदेश्यसहित नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले आफनो पदबाट राजीनामा दिएका छन् । 

हाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका उनले शुक्रबार बिहान कायमुकाम गभर्नर निलम ढुंगाना तिम्सिनासमक्ष राजीनामा पेश गरेका हुन्।

नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा भट्टलाई गभर्नर बनाउन लागिएको चर्चा परिचर्चा चलिरहेको बेला उनले आज राजिनामा बुझाएका हुन् ।

तर, काम गभर्नर तिम्सिनाले भने अझै उनको राजिनामा स्विकृत गरिसकेकी छैनन ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}