स्वेच्छाले अमेरिका छाडनेलाइ पैसा देखी हवाइ टिकटसम्म निःशुल्क

शुक्रबार, ५ बैशाख २०८२, ८:५७ AM
post-image

वासिंगटन डिसी, ५ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजविहीन आप्रवासीलाई स्वेच्छाले अमेरिका छोड्ने नयाँ योजना ल्याएका छन् । 

फक्स न्युजलाई दिएको भर्खरैको अन्तर्वार्तामा ट्रम्पले भनेका छन  कि जो अमेरिका स्वविकेकले छोड्न इच्छुक छन्, उनीहरुलाई अब सरकारबाट पैसा र उडान टिकट जस्ता सहयोग दिइनेछ ।

उनका अनुसार यस योजनाको उद्देश्य भनेको गम्भीर आपराधिक रेकर्ड भएका व्यक्तिहरूलाई पहिले देशबाट निष्कासन गर्ने र राम्रो भएकाहरूले भविष्यमा कानुनी रूपमा अमेरिका फर्कने मौका पाउन सक्ने हो ।

आफ्नो योजनाको व्याख्या गर्दै ट्रम्पले भने, ‘हामी उनीहरूलाई केही स्टाइपेन्ड, पैसा र विमानको टिकट दिनेछौं। त्यसपछि यदि तिनीहरू असल व्यक्ति हुन् र हामी उनीहरू फर्कन चाहन्छौं भने हामी तिनीहरूलाई छिटो फिर्ता ल्याउन उनीहरूसँग मिलेर काम गर्नेछौं।’

यो योजना ट्रम्पको पहिलेको कडा आप्रवास नीतिभन्दा अलि फरक रहेको छ। अब तिनीहरूको ध्यान केही मानिसहरूलाई कानुनी रूपमा अमेरिका फर्कने मौका दिनमा छन्। यद्यपी यो योजना कहिलेदेखि सुरु हुन्छ, यसको लागि को को योग्य हुनेछन् र यसको पूर्ण कार्यविधि के हुने हो भन्ने अझै स्पष्ट भइसकेको भने छैन्।

यस योजनामा ​​कृषि र होटल जस्ता क्षेत्रहरूलाई आवश्यक कर्मचारीहरू प्राप्त गर्न मद्दत गर्ने पनि समावेश रहेको छ। ट्रम्पले भने कि उनको सरकारले यी महत्त्वपूर्ण जागिरमा भर्ना गर्न सक्ने व्यक्तिहरूलाई सिफारिस गर्नेछ, जसले किसानहरूलाई धेरै फाइदा पुर्‍याउँन भुमिका खेल्ने छन्।

सो अन्तर्वार्ताका क्रममा एउटा भिडियो क्लिप देखाइएको थियो, जसमा करिब २० वर्षअघि अमेरिका आएका एक मेक्सिकन व्यक्तिलाई देखाइएको थियो । उनका छोराछोरी अमेरिकामा जन्मेका थिए र अहिले उनीहरू अमेरिकी नागरिक भएका छन । यी व्यक्ति भने बिना कागजात अमेरिकामा बसिरहेको छ तर उनले ट्रम्पलाई समर्थन गर्दै अपराध गर्ने मानिसहरूलाई आफ्नो देश फिर्ता पठाउनु पर्ने जनाएका छन ।

यसमा ट्रम्पले भने, ‘मैले यो मान्छेलाई हेर्छु र मलाई लाग्छ कि हामीले राख्नु पर्ने केटा हो, केही मानिसहरूले मलाई यो भन्दै आलोचना गर्न सक्छन्, तर मलाई लाग्दैन कि यो व्यक्तिलाई देश निकाला हुने खतरा छ, उसलाई यो देशमा राख्नु पर्छ ।’

साथै, ट्रम्प सरकारले आप्रवासीहरूलाई आफ्नै देश जान प्रोत्साहित गरिरहेको छ र यसका लागि नयाँ एप अर्थात सीबीपी होम एप लन्च गरिएको छ। यस एप मार्फत कागजात नभएका आप्रवासीहरूले संयुक्त राज्य अमेरिका छोड्ने इच्छा आफैले निर्णय गर्न सक्छन्। यसबाट स्वेच्छाले देश छाड्ने प्रक्रियालाई सहज र छिटो बनाउन सकिने ट्रम्प सरकारको विश्वास रहेको छ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}