तीनकुने घटनामा पुर्व राजा ज्ञानेन्द्र शाहद्दारा दुःख ब्यक्त

काठमाडौं, ३१ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते भएको तीनकुने घटनाका बारेमा मुख खोलेका छन् ।
नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिने क्रममा उनले पहिलोपटक यो विषयमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएका हुन । उनले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा भएको हिंसा र तोडफोडप्रति दुःख व्यक्त गरेका छन् ।
उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै तन्त्र नहुने समेत बताएका छन् । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् ।
‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको’ पूर्वराजाको तर्कसमेत रहेको छ । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्ने उनको सुझाव छ ।