एकैदिन सुनको भाउ ५ हजार ७ सयले बढयो
काठमाडौं, २८ चैत । आज सुन चाँदीको दुवैको भाउ बढेको छ ।
साताको पाँचौ दिन अर्थात बिहिवार सुन तोलाको नै ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार हुने भएको छ ।
बुधबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको भोलीपल्ट अत्याधिक मात्राले बढेको हो ।
आज चाँदी तोलाको पनि भाउ बढेर १९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.