२ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बुधबार, २७ चैत २०८१, २:४९ PM
post-image

काठमाडौं, चैत्र २७ । नेपाली बजारमा सुनको मूल्यमा लगातार ४ दिनको गिरावटपछि आज बुधबार वृद्धि भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यता, मंगलबार चाँदीको भाउ पछि प्रतितोला ५ रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}