कार्यक्रम स्थलको फोहोर आफै सफा गरेकोमा मेयर बालेनले दिए राप्रपालाई धन्यवाद

काठमाडौं, २६ चैत । बल्खुमा मंगलबार कार्यक्रम सम्पन्न गरेपछि स्थल सफा गरेकोमा काठमाडौं महानगरका मेयर बालेन शाहले राप्रपालाई धन्यवाद दिएका छन्।
मेयर शाहले फेसबुकमा लेख्दै भने, "कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ ।राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।"
यसअघि राप्रपाले कार्यक्रमपछि फोहोरका कारण एक लाख रुपैयाँ जरिवाना तिरेको थियो। योपटक अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई कार्यक्रम क्षेत्रको फोहोर राप्रपा आफैले सफा गर्ने भन्दै पत्र नकाट्न आग्रह गरेका थिए।