सरकारद्वारा आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्ताका लागि आह्वान

विद्यालय शिक्षासम्बन्धी कानुन संशोधनका विषयमा जारी आन्दोलनलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले फेरि शिक्षक महासंघलाई वार्तामा बोलाएको छ।

Artha Kendra Artha Kendra
मंगलबार, २६ चैत २०८१, ५:२० PM
फन्ट
सरकारद्वारा आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्ताका लागि आह्वान

काठमाडौं, २६ चैत । विद्यालय शिक्षासम्बन्धी कानुन संशोधनका विषयमा जारी आन्दोलनलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले फेरि शिक्षक महासंघलाई वार्तामा बोलाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघका प्रतिनिधिहरूलाई चैत २७ गते बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको छ।

मन्त्रालयले प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० प्रस्तुत भइसकेको जानकारी दिँदै शिक्षकहरूको मागबारे छलफल गर्न वार्ता आवश्यक रहेको जनाएको हो।

माइतीघर–बबरमहल क्षेत्र केन्द्रित विरोध प्रदर्शन चैत २० गतेदेखि जारी छ। शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरू दैनिक विरोध कार्यक्रममा सहभागी भइरहेका छन्। उनीहरूले सरकारले अघिल्ला सम्झौता कार्यान्वयन नगरेको भन्दै वार्ताबाट टाढिएको बताउँदै आएका थिए।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले समस्या समाधानका लागि संवाद नै प्रमुख माध्यम भएको उल्लेख गर्दै वार्तामा सहभागिता जनाउन महासंघलाई पुनः आग्रह गरेका छन्।

महासंघले शैक्षिक हड्तालको घोषणा गर्दै विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग राख्दै आएको छ। यद्यपि, अघिल्ला छलफलमा महासंघ अनुपस्थित रहेको थियो।

सरकार वार्तामार्फत समाधान खोज्ने प्रयासमा रहे पनि शिक्षकहरूको माग अझै सम्बोधन हुन सकेको छैन।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.