सुनको भाउ बढेको बढयै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक

मंगलबार, १९ चैत २०८१, ११:४ AM
post-image

काठमाडौं, १९ चैत । पछिल्लो समय सुनको भाउ बढेको बढयै छ ।

जसअनुसार आज पनि भाउ बढेर १ लाख ७९ हजार ७०० रूपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ हजार ८ सय रूपैयाँ बृद्दी भएर यस कीर्तिमानी बिन्दुमा पुगेको हो ।

हिजो छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

तर, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}