अमेरिका जाने पर्यटक घटन थाले, अमेरिकालाई १८ अर्ब डलर घाटा हुने प्रक्षेपण

मंगलबार, १९ चैत २०८१, ११:३८ AM
post-image

न्युयोर्क, १९ चैत । अमेरिका सधैं विश्वको सबैभन्दा लोकप्रिय पर्यटक गन्तव्य मध्ये एक भएको छ, तर पछिल्ला महिनाहरूमा विदेशी पर्यटकको संख्या घटेको छ। राजनीतिक वातावरण, बढ्दो शुल्क र ट्राभल नीतिमा आएको परिवर्तन नै यो घट्नुको प्रमुख कारण रहेको विज्ञहरू बताउँछन् ।

अमेरिकाले सन् २०२३ मा ६६।५ मिलियन पर्यटकलाई स्वागत गरेको थियो भने २०२४ मा त्योभन्दा बढी संख्यामा आउने अपेक्षा गरिएको थियो तर ‘टुरिज्म इकोनोमिक्स’को प्रतिवेदनअनुसार यो वर्ष पर्यटकको सङ्ख्या ५.५ प्रतिशतले घट्न सक्छ । यो घाटा सन् २०२५ मा १८ अर्ब अमेरिकी डलर पुग्न सक्छ।

भर्खरै अमेरिकाले धेरै क्यानाडाली सामानहरूमा २५ प्रतिशत ट्यारिफ लगाएको छ, जसले गर्दा क्यानाडाली पर्यटकहरूको संख्या ४५ प्रतिशतले घटेको छ। ‘एयर क्यानडा’ले पनि मागको अभावमा अमेरिकाका केही रुटमा उडान रद्द गरेको छ । एक सर्वेक्षण अनुसार ३६ प्रतिशत क्यानाडाली पर्यटकले अमेरिकाको यात्रा रद्द गरेका छन् ।

कतिपय विदेशी पर्यटकले भ्रमण रद्द गर्नुको कारण अमेरिकाको राजनीतिक वातावरण रहेको बताएका छन् । ट्रम्प प्रशासनको नीति र बयानले युरोपमा पनि अमेरिकाको छविलाई असर गरेको छ । बेलायत, जर्मनी, स्वीडेन र डेनमार्क जस्ता देशहरूमा अहिले ५० प्रतिशत भन्दा बढी मानिसले अमेरिकालाई नकारात्मक रूपमा हेर्न थालेका छन्।

अमेरिकामा आउने पर्यटक घट्दा बर्मुडा, युरोपलगायतका देशले भने फाइदा उठाइरहेका छन् । क्यानाडाली पर्यटकहरू अहिले बर्मुडा र युरोपतिर गइरहेका छन, जसका कारण त्यहाँ पर्यटन राजस्व बढ्दै गएको छ। 

ब्राजिल, टर्की र कोलम्बिया जस्ता देशका पर्यटकले अमेरिकी भिसाका लागि ७ सय दिनसम्म कुर्नुपर्ने हुन सक्छ। यसले सन् २०२६ मा अमेरिकामा हुने फिफा विश्वकप र २०२८ को ओलम्पिक खेलमा पनि असर पार्न सक्छ । तर, अमेरिकी अधिकारीहरुले पर्यटन प्रवद्र्धनका लागि कदम चालेको बताएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}