नेपाल आयल निगमद्वारा इन्धनको मूल्य समायोजन, डिजेल र मट्टितेलमा २ रुपैयाँ घट्यो

१८ चैत, काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २ रुपैयाँले घटाइएको छ, भने आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रति लिटर ७ रुपैयाँले कमी गरिएको छ।
यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंस्थित हवाइ इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ।