प्रधानमन्त्रीले भोलि संसदमा सम्बोधन गर्ने, आज बोलाए सर्बदलीय बैठक

। सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ।

Artha Kendra Artha Kendra
आइतबार, १७ चैत २०८१, १२:३३ PM
फन्ट
प्रधानमन्त्रीले भोलि संसदमा सम्बोधन गर्ने, आज बोलाए सर्बदलीय बैठक

काठमाडौं, १७ चैत । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ।

बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए भने उनले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीले आज नै सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले जानकारी दिए ।

सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।

बैठकमा सभामुखले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए । उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गरे।

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.