बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आइतबार, १७ चैत २०८१, ११:२५ AM
post-image

काठमाडौं, १७ चैत्र । नेपाली बजारमा आइतबार सुनको भाउ बढेसंगै चाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी २ हजार ४० रुपैयाँमा किनबेच भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}