डिजिटल बोर्ड ह्याक गरेर केपी ओलीलाई गाली लेखेपछि भरतपुर वितरण केन्द्रमा तनाव

डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा ...

Artha Kendra Artha Kendra
मंगलबार, १२ चैत २०८१, ३:६ PM
फन्ट
डिजिटल बोर्ड ह्याक गरेर केपी ओलीलाई गाली लेखेपछि भरतपुर वितरण केन्द्रमा तनाव

नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा देखिएपछि तनाव उत्पन्न भएको छ। यस घटनाले प्राधिकरणको काम प्रभावित बनेको छ।

बुधबार दिउँसो केही व्यक्तिहरू कार्यालयमा प्रवेश गरी तोडफोड र हातपातमा संलग्न भए, जसको कारण कार्यालय प्रमुख रामु श्रेष्ठ काममा फर्कन सकेनन्। चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले यस घटनाको २४ घण्टाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको भोलिपल्ट यो घटना भएको हो।

वितरण केन्द्रका प्रमुख श्रेष्ठले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा कसरी देखियो भन्ने बारेमा अनभिज्ञता व्यक्त गरेका छन्। उनले प्रणाली ह्याक भएको हुन सक्ने अनुमान गर्दै फेसबुकमा तस्बिर सार्वजनिक भएपछि अवस्था थप जटिल बनेको बताए। प्राधिकरणले विज्ञप्ति जारी गरी प्रणाली ह्याक भएको दाबी गरेको छ।

श्रेष्ठले हातपात र तोडफोडमा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै प्रहरी र प्रशासन कार्यालयमा निवेदन दिएका छन्।

नेकपा (एमाले)का युवा संगठनहरूले विज्ञप्ति जारी गरी प्राधिकरणको कार्यको निन्दा गर्दै कार्यालय प्रमुखको राजीनामा माग गरेका छन्।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.