हामीले नहटाऊ भन्दा पनि ओलीले कुलमानलाई हटाइ छाडे: गगन थापा

सोमबार, ११ चैत २०८१, १०:२ PM
post-image

नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट कुलमान घिसिङलाई हटाएको सरकारी निर्णयप्रति आम नागरिकमा असन्तुष्टि बढिरहेको बेला, गगन थापाका महामन्त्रीले सरकारको कदमको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्:

"आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ, सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।"

यसअघि ऊर्जा मन्त्री दिपक थापाले कुलमान घिसिङलाई हटाउनको लागि बारम्बार किन नहटाउने भन्दै स्पष्टीकरण सोधेर हैरान पारेका थिए। दिपक खड्का नेपाली कांग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}