विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

सोमबार, ११ चैत २०८१, ९:२१ PM
post-image

११ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा चयन गर्ने निर्णय गरेको हो ।

यसै बैठकले हालसम्म कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}