ओली-देउवासँग भेटनु अघि प्रचण्ड शितल निवास

सोमबार, ११ चैत २०८१, ४:५ PM
post-image

काठमाडौं, ११ चैत । तीन दलको शिर्ष नेताको बैठक अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् ।

संक्रमणकालिन न्यायका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आब्हान गरेको तीन दलको शिर्ष नेताको बैठकमा सहभागी हुनु अघि राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका हुन ।

भेटमा समसमायिक राजनीतक र राजावादीहरूको पछिल्लो गतिविधिका बारेमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सोलुखम्बुको एक कार्यक्रममा सहभागी भएर राष्ट्रपति पौडेल फर्के लगत्तै प्रचण्ड शितल निवास पुगेका हुन् । 

अहिले प्रधानमन्त्री ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता भइहेकाे छ ।

यस पछि मन्त्रिपरिषद बैठक बस्ने बुझिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}