नेपालमा लगानी गरेर गल्ती गरेँ कि भन्ने हुनथाल्यो : चन्द्र ढकाल

शुक्रबार, ८ चैत २०८१, ६:५६ PM
post-image

नेपालको व्यवसायिक वातावरणप्रति असन्तुष्टि जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको भविष्यबारे गम्भीर प्रश्न उठाएका छन्। राष्ट्रिय उद्योग तथा व्यवसाय महासंघको अधिवेशनमा बोल्दै ढकालले वर्तमान सरकारले सुधारका प्रयास गरे पनि नीतिगत अस्थिरता र कार्यान्वयनको फितलोपनले व्यवसायिक वातावरण बिग्रँदै गएको बताए।

विभिन्न समयमा व्यवसायी र उद्योग प्रतिष्ठानमा हुने अवरोध र अवाञ्छित क्रियाकलापले नेपालमा लगानी गरेर गल्ती गरियो कि भन्ने सोच आउन थालेको उनले बताए ।

उनले सरकारले ल्याएका सुधारका कार्यक्रमहरूलाई तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्ने र नीतिगत स्थिरता कायम गर्नुपर्नेमा जोड दिए। नीतिगत स्थिरता भए नेपालभित्रकै पुँजी र लगानीले धेरै काम गर्न सक्ने उनको विश्वास छ। तर, सरकारले व्यवसायिक वातावरण बिथोल्ने तत्वहरूलाई समयमै पहिचान गरी नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}