मंगलबार नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा, प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ

मंगलबार, ५ चैत २०८१, १२:१७ PM
post-image

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १,१०० रुपैयाँले वृद्धि हो।

यसअघि, फागुन ३० गते सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँसम्म पुगेको थियो, जुन त्यतिबेला अहिलेसम्मकै उच्च मूल्य मानिएको थियो। अघिल्लो दिन भने सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारसँग समेत सम्बन्धित छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १६ डलरले बढ्दै प्रतिऔंस ३,०१३ डलर पुगेको छ, जसको असर नेपाली बजारमा पनि परेको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै २,०५० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य २,०४० रुपैयाँ प्रतितोला थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}