स्टक एक्सचवेन्जको प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ताका लागि पाँच जना छनौट

आइतबार, ३ चैत २०८१, ११:२९ AM
post-image

काठमाडौं । नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि अन्तिम पाँच जनालाई अन्तर्वार्ताको लागि बोलाइएको छ ।

अर्थ मन्त्रालयले प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाको आवेदन परेकोमा पाँच जनालाई व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट गरेको हो ।

व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट हुनेमा चुडामणी चापागाई, नारद कुमार लुइटेल. पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल रहेका छन् । 

उनीहरुको व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ता चैत्र ६ गते बुधबार बिहान ७ बजेदेखि अर्थ मन्त्रालयमा हुने भएको छ ।   

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

संबंधित समाचार

ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउदै

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण

प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ

}