युक्रेन रुससँग अमेरिकी योजना अनुसार युद्धविराम गर्न तयार
काठमाडौँ । अमेरिकाले युक्रेन रुससँग युद्धविरामको लागि तयार भएको बताएको छ । अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीका अनुसार ट्रम्प प्रशासनको योजना अनुसार युक्रेन अगाडी बढ्न तयार भएको बिबिसीले उल्लेख गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आफ्ना युक्रेनी समकक्षीहरूसँग वार्ता गर्न मंगलबार साउदी अरेबिया पुग्नु अघि यस्तो रिपोर्ट बाहिर आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीमाथि रुससँग तत्काल युद्धविरामको माग स्वीकार गर्न दबाब बढाउँदै आएका छन् । तर ट्रम्पले युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीको कुनै तत्काल वाचा भने गरेका छैनन् ।
दश दिनअघि अमेरिकी ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्को बहस भएको थियो। ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको दाबी गरेका थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरे यता हाल युक्रेनको लगभग २० प्रतिशत भाग कब्जा गरेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.