कुलमानलाई महावीरको सुझाव- दुख दिने मन्त्रीको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्नुस्

महावीर पुनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई आफुलाई दुख दिने उर्जामन्त्री दिपक खड्काको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न सुझाव दिएका छन् ।

Artha Kendra Artha Kendra
शुक्रबार, २३ फाल्गुण २०८१, ४:४१ PM
फन्ट
कुलमानलाई महावीरको सुझाव- दुख दिने मन्त्रीको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्नुस्

काठमाडौँ । महावीर पुनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई आफुलाई दुख दिने उर्जामन्त्री दिपक खड्काको क्षेत्रबाट चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै महावीर पुनले कुलमानलाई यस्तो सुझाव दिएका हुन् ।

उनले कुलमानलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई आफुले माइनस ९९ नम्बर दिने बताउदै त्यस्ता विवेकहीन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउने उल्लेख गरेका छन् । 

उनले भनेका छन्-       

कुलमान घिसिङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले -९९ अर्थात माइनस ९९ नम्बर दिन्छु । त्यसता विवेकहीन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउँछन । अनी आफुलाई दुख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.