स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

अर्बपति व्यापारी तथा अहिले ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सको रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, २३ फाल्गुण २०८१, १२:२३ PM
फन्ट
स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

काठमाडौँ । अर्बपति व्यापारी तथा अहिले ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सको रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको छ ।

यसका कारण केही विमानस्थलहरूमा उडानहरू रद्द गरिएको थियो र अन्तरिक्षयानको भग्नावशेष खस्ने बारे चेतावनी जारी गरिएको थियो ।

स्पेसएक्सले उनीहरूको चालकविहीन अन्तरिक्षयान अन्तरिक्षमा सम्पर्कविहीन भएको बताएको थियो । अहिलेसम्म निर्मित सबैभन्दा ठूलो रकेट स्पेसएक्स स्टारशिप प्रक्षेपण भएको केही समयपछि नै नियन्त्रण बाहिर गएको थियो ।

घाइते वा क्षतिको कुनै रिपोर्ट आएको छैन, तर क्यारिबियन टापु राष्ट्रहरूबाट लिइएका तस्बिरहरूमा आकाशबाट आगोको भग्नावशेष वर्षा भइरहेको देखिएको थियो ।

यो रकेट परीक्षणको आठौं मिसन थियो र यो यसको लगातार दोस्रो असफलता रहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.