सामान्य बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिहिबार, २२ फाल्गुण २०८१, १०:१४ AM
post-image

काठमाडौं, फागुन २२ ।  नेपाली बजारमा बिहिबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहिबार चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}