प्रधानमन्त्री ओलीलाई 'हिटलर' भन्ने प्रश्न सोध्ने पत्रकारको संसद पास निलम्बन

बुधबार, २१ फाल्गुण २०८१, १२:४० PM
post-image

काठमाडौं । संघीय संसद सचिवालयले दुई जना युट्युबरको संसद प्रवेश पास निलम्बन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका सांसदहरूलाई गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद प्रवेश पास निलम्बन गरेको हो ।

केहि दिन अघि प्रधानमन्त्री ओलीलाई 'हिटलर' भन्दै प्रश्न सोधेपछि संसद सचिवालयले यस्तो कारवाही गरेको बुझिएको छ । 

संसद् सचिवालयको महासचिवस्तरीय निर्णयबाट ‘सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}