दातृ निकायबाट आएको सहयोग र खर्चको विवरण संसदलाई जानकारी गराउन अमरेशकुमार सिंहको माग
काठमाडौं। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट आएको सहयोगको विवरण सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सरकारले दातृ निकायबाट आएको सहयोग र खर्चको विवरण संसदलाई जानकारी गराउन माग गरेका हुन् ।
उनले भने,‘कति पैसा धर्मानान्तरणमा भयो, कति जातजात लडाउनेमा भयो ? कति देश टुक्र्याउनेमा लगानी भयो ? यो सम्पूर्ण जानकारी राख्ने हक यो सदनले राख्दछ ।’
एनजीओहरुलाई मनिटरिङ गर्नुपर्छ भनेर संसदीय समितिबाट निर्णय हुँदै गर्दा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा डराएको सिंहले आरोप लगाए । उनले अहिलेपनि राष्ट्रिय सदाचार नीति त्यतिकै फालिएको बताए । उनले अहिलेको सरकारलाई कति पैसा एनजीओबाट नेपाल आयो र के मा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.