सुनको भाउ ५०० रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

सोमबार, १२ फाल्गुण २०८१, १२:१७ PM
post-image

काठमाडौं, फागुन ११ । नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ७० हजार ८०० रुपैयाँ कायम भएको छ । 

यसअघि, आइतबार छापावाल सुन १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यता, सोमबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ८४ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ तोलाको १९ सय ७० रुपैयाँ कायम रहेको थियो ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}