‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो

आइतबार, ११ फाल्गुण २०८१, १०:४५ AM
post-image

काठमाडौ, फागुन ११ । ‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म का लागि लम्बिएको छ । यसअघि उक्त फन्डमा छिटोमा फागुन ११ गते निष्कासन बन्द हुने भनिएको भएपनि माग अनुसारको आवेदन नपरेकोले निष्कासन अवधि लम्बिएको क्यापिटलले जनाएको छ ।

यसमा न्यूनतम १०० इकईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीका अनुसार दोस्रो चरणमा भने योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर इकाईको खरिदबिक्री हुनेछ ।

सानिमा क्यापिटलले आज फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गरेको हो । क्यापिटलले प्रथम चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को ४ करोड इकाई बिक्री खुला गरेको हो । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । 

क्यापिटलले कुल योजनाको आकारमध्ये १४ प्रतिशत अर्थात्  १ करोड ३० लाख इकाई कोष प्रवर्धक सानिमा  बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी सानिमा क्यापिटललाई सुरक्षित गरी बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}